काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँच दिने नेपाल भ्रमणमा आएका हुन् ।
भ्रमणका दौरान जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति महारथी सिग्देलसँग भेटघाट एवं छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र पश्चिम पृतना हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ भने पशुपतिनाथको दर्शन गर्ने पनि कार्यक्रम रहेको छ ।
सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गरेर उनी मंसिर ९ गते फर्किने छन् । तस्विर: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल