Logo

राष्ट्रपति पौडेलले गरे भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका भारतीय सेनाका सेनापति उपेन्द्र द्धिवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका छन् ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँच दिने नेपाल भ्रमणमा आएका उनलाई आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रमबीच उपाधि प्रदान गरिएको हो ।

यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ भने पशुपतिनाथको दर्शन गर्ने पनि कार्यक्रम रहेको छ ।

सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गरेर उनी मंसिर ९ गते फर्किने छन् ।



प्रतिक्रिया दिनुहोस्