Logo

सूचना आयोगको प्रमुख आयुक्तमा आचार्य नियुक्त, श्रीलंकाको लागि राजदूतमा नेपाली सिफारिस



काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीको नाम सिफारिस भएको छ । मन्त्रिपरिषद् बैठकले श्रीलंकाका लागि नेपाली राजदूतमा नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको हो। बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कपिलवस्तुका नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गरेको हो।

संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनको नियुक्ति हुन्छ। यसअघि श्रलिंकाको लागि नेपाली राजदूतमा रामकृष्ण भट्टराईको नाम सिफारिस भएको थियो । तर,आवश्यक शैक्षिक योग्यता नपुगेपछि उनको नाम संसदीय समितिबाट अस्वीकृत भएको थियो । भट्टराई र नेपाली दुवै नेपाली कांग्रेसको कोटाबाट सिफारिस भएका हुन् ।

यता राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सुरेश आचार्य नियुक्त भएका छन् । आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरिएको छ। आचार्य नेपाली कांग्रेस तथा विष्ट र भण्डारी नेकपा एमालेको कोटाबाट नियुक्त भएका हुन् ।

सभामुख देवराज घिमिरे नेतृत्वको सिफारिस समितिले गरेको सिफारिसका आधारमा सरकारले यो निर्णय गरेको हो। सिफारिस समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी सदस्य थिए।

आयोगमा एक प्रमुख सूचना आयुक्त र २ जना सूचना आयुक्त रहने कानुनी व्यवस्था छ। जसमा एकजना महिला अनिवार्य गरिएको छ।



प्रतिक्रिया दिनुहोस्