Logo

संक्रमणकालीन न्यायसम्बन्धी आयोगको अध्यक्ष र सदस्यका लागि १२८ जनाको आवेदन (सूचीसहित)



काठमाडौं । सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगको पदाधिकारीमा १२८ जनाले आवेदन दिएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा अध्यक्ष एवम सदस्य सिफरिस गर्नका लागि सरकारले गठन गरेको सिफारिस समितिको सचिवालयले आवेदन दिने १२८ जनाको नामावली सार्वजनिक गरेको हो ।

ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो । त्यतिबेला आवेदन दिने म्याद ७ दिनको भए पनि पछि ५ दिन थपिएको थियो । आवेदन दिने म्याद मंसिर ४ गते अपराह्न ५ बजे सकिएको थियो ।

यो अवधिमा आवेदन र सिफारिससहित १५६ जनाको नाम प्राप्त भएकोमा १२८ जनाको नाम संक्षिप्त सूचीमा राखेर प्रकाशित गरिएको हो । पदाधिकारी सिफारिस समितमा सर्वोच्चका पूर्व प्रधानन्यायाधीश मिश्रसहित मानव अधिकार आयोगका आयुक्त मनोज दवाडी, अमेरिकाका लागि पूर्वराजदूत अर्जुनबहादुर कार्की, आदिवासी जनजाति महिला महासंघकी संस्थापक अध्यक्ष स्टेला तामाङ र पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती सदस्य छन् ।

आवेदकको कार्ययोजना समेतको मूल्यांकनका आधारमा छनोट समितिले दुई आयोगका लागि १० जनाको नाम नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्ने छ । त्यो सिफारिस कानुन मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पुग्ने छ । आगामी पुस २ गतेभित्र समितिले पदाधिकारीको नाम सरकारलाई सिफारिस गर्नुपर्ने छ ।

२ आयोगको पदाधिकारीका लागि आवेदन दिनेमा नेपाल सरकारका पूर्व सचिव डा।मानबहादुर बिश्वकर्मा सहित अन्य पूर्व सचिव, सहसचिव, नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) सहकुल थापा, मानवअधिकारकर्मी सुवोधराजज प्याकुरेल छन् ।

त्यस्तै मोहना अन्सारी, सुष्मा बज्राचार्य, डा. रामकुमार भण्डारी, गोपालनाथ योगी, सुमन अधिकारी, शोभाकर बुढाथोकी, डा. विरेन्द्र थपलिया, वेदप्रसाद भट्टराई, कृष्णचन्द्र चालिसे, डा. पशुपति महत, डा. मिना पौडेल, हिमाल गैरे, डा. शम्भुराम सिम्खडा, शालिकराम सापकोटा, फडिन्द्र लुइँटेल र सतिसराज मैनालीलाई सदस्यको रूपमा प्रस्ताव गरिएको छ ।

यस्तै राजुप्रसाद चापागाईं, लक्ष्मी पोख्रेल, रुकमणी महर्जन, राजनप्रसाद कुईंकेल, प्रणिका कोयू, काशिराम ढुंगाना, बिकिल स्थापित, टिका ढकाल, श्रीजना पोखरेल सिवाकोटी, बसन्त गौतमको पनि सदस्यमा नाम छ । सन्तोषबाबु सिग्देलले नाम बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सदस्यको रूपमा आवेदन दिएका छन् ।

यी हुन् १० पदकालागि आवेदन दिने १२८ जना



प्रतिक्रिया दिनुहोस्