काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा जागरण सभाको आयोजना गरेको छ । अराजकताविरुद्ध एमालेले दरबारमार्गमा जागरण सभाको आयोजना गरेको हो । त्यसअघि भद्रकालीबाट र्याली निकालिएको थियो ।
र्यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ: तथ्य र सत्यलाई आत्मसात् गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैनः प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा लगाइएका थिए।
कार्यक्रमलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।र्यालीको नेतृत्व एमाले बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गरेका छन् ।
जागरणसभाको संयोजकको जिम्मेवारी पाएका एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इञ्चार्ज डा। राजन भट्टराई पार्टी कामको सिलसिलामा कम्बोडिया जानु परेकाले ढुङ्गेलले जिम्मेवारी सम्हालेका हुन् ।
र्यालीमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरूको उपस्थिति रहेको छ । एमालेले आजको सभामा एक लाखभन्दा बढीको मानिस उपस्थिति गराउने लक्ष्य लिएको छ ।