काठमाडौं, ७ मंसिर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले काठमाडौं क्षेत्र नं. ३ स्थित नयाँ जीवन नेपालको असहाय बाल आश्रममा जन्मदिन मनाएका छन्। जन्मदिनको अवसरमा अध्यक्ष गुरुङले आश्रममा आश्रीत बालबालिकाको लागि दाल, चामल ,लुगा धुने साबुनलगायत खाद्यन्न र लत्ताकपडा वितरण गरेका छन् ।
संस्थाको अध्यक्ष राजन खनालका अनुसार पूर्व मेचीदेखि जाजरकोटसम्मका चार वर्षदेखि २४ वर्षसम्मका २५ जना उक्त आश्रममा आश्रित छन् । १० बर्ष पूरागरि ११ बर्षमा प्रवेश गरेको संस्थाको उपाध्यक्ष धर्मा थिङ लामाले संस्थाको भवन नहुदा बालबच्चाको रेखदेख गर्न समस्या परिरहेको बताईन् । भवनको भाडा तिर्नपनि समस्या परिरहेको उनले जानकारी दिईन् ।
अध्यक्ष गुरुङले आफू निरन्तर यस संस्थासँग सम्पर्कमा रहने र संस्थाको उत्थानको लागि पूर्ण समन्वय गरिरहने बताए । संस्थाका अध्यक्ष खनालले आफ्नो जन्मदिनमा यस्तो मानवीयता कार्य गरेकोमा धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्तै रचनात्मक कार्य गर्न प्रेरणा मिलिरहोस् भनी शुभकामना दिएका छ्न्।
अध्यक्ष गुरुङ श्रीमती प्रीती श्रेष्ठ गुरुङ, आमा धनकुमारी गुरुङ, तरुण दल केन्द्रीय सदस्यलगायत जिल्ला अध्यक्षसहित उक्त आश्रम पुगेका थिए ।