Logo

कम्बोडियामा ओलीको लगानीबारे धमलाको प्रस्ताव, ‘समिति बनाएर छानविन गरौं’ एमाले नेताको जवाफ, ‘हावादारी कुरामा सरकार लाग्दैन’



काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको कुरा अफवाहमात्रै रहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीले एक पैसा सम्पत्ति पनि आफ्नो जीवनको लागि नराखेको बताउँदै कम्बोडियामा रहेको लगानीबारे जनताले पत्याउन नसक्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीमाथि लागेको आरोपबारे समिति बनाएर छानाविन गर्न पत्रकार धमलाले गरेको प्रस्ताव उनले अस्वीकार गरे । उनले सरकार यस्ता प्रकारका हावादारी कुरामा लाग्न नहुने बताए । पत्रकार धमलाको प्रतावमा जवाफ दिँदै उनले भने, ‘एउटा हावादारी मान्छे कसैले भन्यो भन्दैमा, अन्तर्राष्ट्रिय संघ संस्थाहरु पनि छन्, भ्रष्टाचारको सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने । उजुरी गरे भयो, साह्रा गरे भयो । त्यस्तो नचाहिँदो कुरामा सरकार लाग्दैन । एक पैसा सम्पत्ति आफ्नो जीवनको लागि राख्दिनँ भनेर राज्यकरण गरेको मान्छेले विदेशमा लगेर पैसा राख्ने । यस्ता हावादारी कुराको पछाडि सरकार लाग्दैन ।’



प्रतिक्रिया दिनुहोस्