Logo

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, न्यायाधीश शर्माको इजलासमा पेशी



काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमाथ आज सुनुवाइ हुँदैछ ।

सो निवेदन सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेशी तोकिएको छ । प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै शुक्रबार उनका छोरा निराजन प्रसाईले सर्वोच्चमा निवेदन दिएका थिए ।

साइबर अपराधसम्बन्धी कसूरमा उनलाई प्रहरीले गत मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए ।

प्रसाईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ । प्रसाईविरु४ यसअघि पनि साइबर अपराधमा मुद्दा दर्ता भएको थियो । उनी १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । उक्त मुद्दा हालपनि विचाराधीन छ ।



प्रतिक्रिया दिनुहोस्