काठमाडौं । गत पुस २० गतेदेखि अध्यक्ष बिहीन रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तवार्ता सभिएको छ ।आवेदन दिएर सर्ट लिस्टमा परेका ५ जना मध्ये अन्तवार्ता तथा प्रस्तुतीकरण दिन छुटेका ३ जनाको आज अन्तवार्ताको मिति तोकिएको थियो।
अन्तवार्ता छनोट समितिले कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा। नवराज अधिकारीलाई बोलाएको थियो । जसमा कार्की र अधिकारीले अन्तवार्ता दिएका छन् भने चापागाईं नगएको स्रोतले जनाएको छ ।
आवेदकहरू सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको यसअघि नै अन्तरवार्ता भइसकेको थियो। बोर्ड अध्यक्षका लागि पाँचजनाले आवेदन दिएकोमा चारजनाको अन्तर्वाता र प्रस्तुतिकरण सकिएको छ भने एकजनाको अनुपस्थित भएका छन्। यी पाँचजनालाई सिफारिस समितिले अन्तरवार्ताका लागि छनौट गरेको थियो।
सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो।