Logo

सिनामंगलको होटलमा मृत फेला परेका युवा-युवती श्रीमान-श्रीमती भएको पुष्टि, हिजोमात्रै फर्किएका थिए क्यानडाबाट



काठमाडौं । काठमाडौंको सिनामंगलमा होटलमा झुण्डिएको अवस्गामा मृत फेला परेका युवायुवती श्रीमान-श्रीमती रहेको खुलेको छ । आइतबार सिनामंगलको जन्मभूमि होटलको बरण्डामा दुई जना झुण्डिएको अवस्थामा फेला परेका थिए ।

घटनास्थलमा पुगेको प्रहरीका अनुसार मृत फेला पर्नेमा ३४ वर्षका रमेशमाझी र २९ वर्षकी शर्मिला माझी भएको खुलेको छ । सुनसरीका रमेश र मोरङकी शर्मिला श्रीमान श्रीमती भएको पनि खुलेको प्रहरीले जनाएको छ । उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए ।

उनीहरु हिजो साँझ ७ बजेतिर होटलमा पुगेको खुलेको छ । चौथो तलाको १२० नम्बर कोठामा उनीहरु बसेका थिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनीहरुले आत्महत्या गरेको प्रहरीको आशंका छ ।

आइतबार बिहान साढे ७ बजे प्रहरीलाई खबर भएपछि परिसर, प्रहरी वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली पुगेर अनुसन्धान अघि बढाएको छ।



प्रतिक्रिया दिनुहोस्