काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् ।
नियुक्त भएको ५ महिनामा नै उनले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । नेपाल सरकारका पूर्व सचिव रहेका अधिकारी ५ महिनाअघि मात्र प्रतिनिधि सभामा सचिव नियुक्त भएका थिए । संसद् सचिवालयको भावि महासचिवको बलियो दावेदारको रुपमा हेरिएका अधिकारीले राजीनामा दिएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
गत असार १७ गते अधिकारीलाई सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधि सभा सचिवमा नियुक्त गरिएको थियो । पूर्व शिक्षा सचिव रहेका अधिकारीलाई सभामुख घिमिरेको जोडबलमै सचिवमा नियुक्त गरिएको थियो । तर, जिम्मेदवारी सम्हालेको पाँच महिनामा नै उनले स्वास्थ्य अवस्थालाई देखाउँदै राजीनामा दिएको स्रोतले जनाएको छ ।
सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।