Logo

परराष्ट्रमन्त्री राणा मंसिर १३ मा चीन जाने, जापान जाने कार्यक्रम स्थगित



काठमाडौं । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा जापान जाने कार्यक्रम स्थगित भएको छ। परराष्ट्र मन्त्री राणा सोमबार जापान जाने र त्यहीँबाट चीन भ्रमणमा जाने कार्यक्रम थियो।

स्वास्थ्य उपचारका लागि परराष्ट्र मन्त्री राणा जापान जाने पूर्वनिर्धारित कार्यक्रम रहे पनि चिकित्सकहरूको समय नमिलेका कारण स्थगित भएको स्रोतले जनाएको छ ।

जापान भ्रमण स्थगित गराएकी राणा मंसिर १३ गते चीन जाने भएकी छन् । यसअघि जापानबाटै चीन जाने भनिएकोमा अब सीधै नेपालबाट उनी बेइजिङ उड्नेछिन् । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । ओलीको भ्रमण र एजेण्डाबारे चाँजोपाँजो मिलाउने राणा १३ गतेनै चीन उड्न लागेकी हुन् ।

राणा १३ मंसिरमा बेइजिङ प्रस्थान गरेपछि १४ मंसिरमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ताको कार्यक्रम छ ।त्यसपछि उनी उतैबाट प्रधानमन्त्री ओलीको नेतृत्वको भ्रमण दलमा सहभागी हुनसक्ने सम्भावना बढी छ । प्रधानमन्त्री ओलीकाे चिनियाँ समकक्षीको निम्तोमा १७ देखि २१ मंसिरसम्म चीन भ्रमणमा जाने तयारी तीव्र रूपमा चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्