काठमाडौं, १० मंसिर । मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले निवर्तमान मन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गर्दै सो घटनामा संलग्न ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।
कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारी अहिले जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा छन् । जिल्ला सरकारी वकिलको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको पत्र पाप्त हुनासाथ उनको रिहाइ हुने बताइएको छ । मन्त्री अधिकारी गत कार्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए ।
मन्त्रालयसँग असम्बन्धित मान्छेहरुलाई जापान लिएर गएर मानव तस्करी गरेको उनीमाथि आरोप थियो । File Photo/RN