Logo

कांग्रेस-एमालेबीच बीआरआईलाई हेर्न दृष्टिकोणमा समस्या देखियोः नेता पोखरेल (भिडिओहित)



काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले ०८४ को निर्वाचनबाट एकल बुहमत ल्याएर भएपनि चिनियाँ विकास परियोजना (बीआरआई) कार्यान्वयनमा ल्याउने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले कांग्रेस–एमालेबीच बीआरआईलाई हेर्न दृष्टिकोणमा समस्या देखिएको बताए । उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा कांग्रेस–एमालेको सहमतिको आधारमा सम्झौता हुने उनले बताए ।

बीआरआईलाई लिएर सत्तारुढ गठबन्धनमा कुनै प्रकारको समस्या नआउने उनको भनाइ छ । ‘नेकपा (एमाले) सैद्धान्तिक ढंगले बीआरआईको विपक्षमा उभिनुपर्छ भन्ने छैन । अहिले सहमति भएन भने ०८४ मा हामीले बहुमत प्राप्त गर्छौं, त्यसपछि बीआरआईमा जान्छौं,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्