Logo

रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भइरहँदा माइतिघरमा प्रदर्शन



काठमाडौं, ११ मंसिर । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भइरहँदा माइतिघरमा प्रदर्शन भएको छ । ‘स्वतन्त्र समूह’ को नाममा माइतिघरमा उपस्थित भएका युवाहरुले ‘राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गर’ लगायतका नारा लगाएर प्रदर्शन गरेका हुन् ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । काठमाडौंको कालिमाटीस्थित रहेको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा उनको संलग्नता रहेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । उनलाई बयानको लागि काठमाडौं ल्याउने तयारी रहेको छ ।

स्वतन्त्र समूहको नामबाट प्रदर्शन भएको भनिएपनि त्यहाँ रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौला पनि सहभागी थिईन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्