Logo

प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिएसँगै वामपन्थीहरुको चहलपहल बढ्दो, विप्लवको पनि विशेष चासो



काठमाडौं, ११ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित प्रधानमन्त्री ओली भेट्न गएका विप्लवले चीन भ्रमणको बारेमा विशेष चासो राखेका छन् ।

भेटका क्रममा चीन भ्रमणको क्रममा उठाइने विषय वस्तु र गरिने समझदारीको बारेमा प्रधानमन्त्री ओली, प्रकाण्ड र विप्लवबीच कुराकानी भएको बताइएको छ । साथै, विप्लवले प्रधानमन्त्री ओलीलाई विगतको सहमतिसमेत सम्झाएका छन् । शान्तिपूर्ण राजनीतिमा आउनुपूर्व नेकपा र तत्कालीन ओली नेतृत्वको सरकारबीच भएको ३ बुँदे सहमति अझै कार्यान्वयनमा नआएको भन्दै विप्लवले असन्तुष्टि जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्