काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) नेपालको लागि उपयुक्त नरहेको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ऋण तिर्नुपर्ने अवधि छोटो, महँगो व्याजदरका कारण पनि बीआरआई उपयुक्त नहरेको बताएका हुन् । उनले बीआरआई परियोजना कार्यान्वयनमा आउँदा चीनबाट ठेकेदार, सामान र जनशक्तिसम्म आउने दाबी गरे ।
‘चीन, भारतबाट आउने ऋणको शर्तहरु फरक छन् । महँगो व्याजदर हुन्छ, छोटो समयमा तिर्नुपर्छ । उनीहरुकै ठेकेदार आउँछन् । उनीहरुकै सामान आउँछ । उनीहरुकै जनशक्ति ल्याउँछन् । त्यसो हुनाले हाम्रो देशको लागि उपयुक्त देखिएको छैन,’– उनले भने ।
वर्ल्ड बैंक, एडीबीको ऋण नेपालले सदुपयोग गर्न नसकिरहेको अवस्थामा थप ऋण लिनुपर्ने अवस्था र आवश्यक्ता पनि नरहेको उनले बताए ।