काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारीले जनतालाई चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋण बोकाउने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बीआरआई परियोजना ऋणमा लिने सहमति गर्न नसकिने बताएका हुन् ।
ृउनले अहिले राज्यलाई ऋणको भार २५ खर्ब रहेको बताउँदै अब यो भन्दा धेरै ऋण धान्न नसकिने बताए । प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा हुँदै नहुने ऋण जनतालाई बोकाउने र हुँदै नहुने योजना ल्याउने जस्ता सम्झौता गर्न नहुने बताए । नेपाल भैरहवा र पोखराको एयरपोर्टको ऋणबाटै फसिसकेको उनको टिप्पणी छ । नेता
‘ऋण बोकाउने आधिकार तिनलाई कहाँबाट छ ? तिनी को हुन् ? शेरबहादुर देउवा, केपी ओलीले के भन्नुहुन्छ भन्ने कुरा होईन । मुलुकको जनतालाई के आश्यक्ता छ ? मुलुकले थाम्न सक्छ कि सक्दैन भन्ने हो,’– नेता भण्डारीले भने, ‘हामी अब ऋण तिर्नै सक्दैनौं । २५ खर्ब ऋण छ । पूर्व प्रधानमन्त्रीहरु बोलेको तपाईँ देख्नुहुन्छ नि, उनैले हो नि यो मुलुक बिगारेको ।’ File Photo/RN