Logo

यू-१९ एसिया कप: नेपालविरुद्ध श्रीलंकाले जोड्यो १७ ओभरमा २ विकेट गुमाएर ७२ रन



काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको श्रीलंकाले राम्रो सुरुआत गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरिरहेको श्रीलंकाले १७ ओभरमा २ विकेट गुमाएर ७२ रन जोडेको छ । उसका लागि शरुजन षणमुगनाथनले २५ तथा भिमाथ दिनसाराले १४ रन जोडेर खेलिरहेका छन् । नेपालका लागि कप्तान हेमन्त धामी र नरेन भट्टले समान एक विकेट लिए ।

आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान छन्।

पहिलो खेल श्रीलंकासँग आज खेल्न लागेको नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।



प्रतिक्रिया दिनुहोस्