Logo

बीआरआईअन्तर्गतको परियोजना र शर्तहरु सार्वजनिक नभई बहस गर्न सकिँदैनः विश्लेषक सुवेदी (भिडिओसहित)



काठमाडौं, १४ मंसिर । कूटनीतिज्ञ एवं राजनीतिक विश्लेषक डा.अरुण सुवेदीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को सन्दर्भमा बहस गर्ने विषय नै नभइ बहस भइरहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बीआरआईअन्तर्गतका परियोजना र शर्तहरु सार्वजनिक नभइ बहस गर्न नसकिने बताएका हुन् ।

‘बहस गर्ने विषय नै नभइ बहस गर्नु भनेको सर्वथा गलत हुन्छ । मैले पहिलादेखि नै उठाउँदै आएको प्रश्न हो– परियोजना सार्वजनि हुनुपर्यो । परियोजनाको लाभ हानी हामीहरुले गणित गर्न पाउनुपर्यो । र त्यसका शर्तहरु सार्वजनिक हुनुपर्यो । यी दुईवटा कुरा सार्वजनिक नभइ बहस गर्ने स्थिति रहन्नँ,’– उनले भने ।

उनले परियोजना र शर्तहरु प्राप्त भएपछि बीआरआईको सन्दर्भमा विज्ञहरुसँग बसेर छलफल गरी नेपालको अडान खोजिनुपर्ने बताए । कर्जा लिँदा बीआरआईअन्तर्गत नभनिएपनि पोखरा एयरपोर्टलाई बीआरआईमा समावेश गरिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्