Logo

एकीकृत समाजवादीको औचित्य र भविष्य सकिएको भन्दै प्रदेश कमिटी सदस्य झासहित २१ जना कार्यकर्ता एमालेमा



काठमाडौं, १४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का प्रदेश कमिटी सदस्य कृष्णकुमार झासहित धनुषाका २१ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले महासचिव शंकर पोखरेलले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा उनीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।

एमालेमा प्रवेश गर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा कमिटीका अध्यक्ष रामस्वरुप महतो, सदस्यहरू रामभजन साह, किशोरी साह, सोनफी साह, मञ्जो मुखिया, इन्दुदेवी मुखिया, चन्द्रावती देवीलगायत छन् ।

विगतमा लामो समय कम्युनिष्ट आन्दोलनका साथै एमालेमै क्रियाशील एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य झाले अब जीवनभर एमालेमा रहेर पार्टी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले एकीकृत समाजवादीको औचित्य नभएको र भविष्य सकिएको बताए ।



प्रतिक्रिया दिनुहोस्