काठमाडौं, १५ मंसिर । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको डिफेक्टोो प्रधानमन्त्री रहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले डा. राणा सरकारमा डिफेक्टो प्रधानमन्त्री र पार्टीमा डिफेक्टो सभापतिको भूमिकामा रहेको बताएका हुन् ।
‘परराष्ट्रमन्त्रीको रुपमा होईन, उहाँ डिफेक्टो प्रधानमन्त्रीको रुपमा हुनुहुन्छ । उहाँ पूर्व प्रधानमन्त्रीको श्रीमतीको रुपमा पार्टीको सभापतिको पावर पनि एक्सरसाइज गरिराख्नुभएको छ । उहाँ डिफेक्टो पार्टी सभापति पनि हो र डिफेक्टो प्रधानमन्त्री पनि हो,’– उनले भने ।
अहिले नेपालको भावी प्रधानमन्त्रीको रुपमा परराष्ट्रमन्त्री डा.राणाको चर्चा भइरहेको सन्दर्भमा डा. सिंहले उनीहरुजस्तो मान्छे प्रधानमन्त्री बन्ने दुर्भाग्यपूर्ण दिन नेपालमा आउन नहुने बताए । त्यो दिनका लागि नेपाली जनता र नेपाल तयार नरहेको उनको भनाइ छ । File Photo/RN