काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत बिहान ११ बजेसम्म करिब २५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार ११ बजेसम्मको प्रारम्भिक जानकारी अनुसार २२ प्रतिशत मत खसेको हो ।
स्थानीय तहका ४१ पदमा आज उपनिर्वाचन हुन लागेको हो । ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा छन् । निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने जानकारी गरेको छ । काठमाडौं बाहेकका केही स्थनमा आजै साँझबाट मतगणना गर्ने आयोगको तयारी छ । हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको पनि आयोगले जनाएको छ ।