Logo

बेइजिङ उड्नुअघि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक



काठमाडौं । चीन भ्रमणमा जानुअघि मन्त्रिपरिषद्को बैठक आह्वान भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन् । बैठकका एजेण्डा भने सार्वजनिक भएको छैन् । यद्यपि भोलीदेखि हुने प्रधानमन्त्री ओलीको चीन भ्रमणमा केन्द्रीत रहेर छलफल हुने बताईएको छ ।

८७ सदस्यीय टोलीको नेतृत्व गर्दै ओली भोलि चीन प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली सोमबार ८७ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीनको राजधानी वेइजिङ जाँदैछन् । प्रधानमन्त्रीको टोली चार दिने भ्रमण पुरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्