काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकामा १८ हजार ५७७ मत खसेको छ। २६ हजार ४४ जना मतदाता रहेको ग्रामथानमा कूल ७१।३२ प्रतिशत मत खसेको हो ।
ग्रामथानमा राजनीतिक दलबाट १५ जना र स्वतन्त्र १ जना गरी १६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन्। ७ वटा वडा रहेको ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र कायम गरिएको थियो।
मतदान सकिएपछि मतपेटिका मतगणना स्थलमा ल्याइ सकिएको र राजनीतिक दलहरू छलफलमा जुट्न लागेका छन् । सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने तयारी रहेको आयोगले जनाएको छ ।
मतदानपछि मतपेटिका संकलन भइरहेको छ। आजै सर्वदलीय बैठकपछि ग्रामथान गाउँपालिकाको कार्यालयमा मतगणना सुरु गर्ने तयारी छ ।
तत्कालीन अध्यक्ष जयप्रकाश गच्छद्धारको निधनपछि त्यहाँ उपनिर्वाचन भएको हो । ग्रामथानको अध्यक्षमा कांग्रेसबाट बलराम सरदार उम्मेदवार छन् । एमालेबाट तुलसीराम विश्वास, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार उम्मेदवार छन् । मुख्यगरि नेपाली कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।