Logo

काठमाडौं-१६ मा उर्लियो घण्टीको भेल, नुवाकोटे मत तान्ने कांग्रेसको आइडिया फेल



काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ । काठमाडौँ, काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई विजयी भएकी छन् ।

आइतबार सम्पन्न उपनिर्वाचनमा उनका निकटतम प्रतिस्पधी नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार दुई सय २० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेसबाट विजयी तत्कालीन वडा अध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

कांग्रेसले यसपटक मुकुन्दको विरासत जोगाउन देवेन्द्रलाई अघि सारेको थियो । नुवाकोटबाट काठमाडौं झरेका र सो क्षेत्रमा धेरै नुवाकोटे मतदाता रहेको हुँदा जित निकाल्न सहज हुने अनुमानसहित देवेन्द्रलाई कांग्रेसले मैदान उतारेको थियो । तर, घण्टीको भेल उर्लिँदा नुवाकोटे मत तान्ने कांग्रेसको आइडियाले फेल खाएको छ ।



प्रतिक्रिया दिनुहोस्