काठमाडौं । २६ स्थानमा उम्मेदवारी दिएर स्थानीय तहको चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २२ स्थानमा जमानत जफत भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार काठमाडौं १६ र ओखलढुंगाको मुलुङबाहेक सबै ठाउँमा रास्वपाको जमानत जफत भएको हो । कुल सदर मतमध्ये १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ ।
रास्वपाबाट उम्मेदवार बनेकी काठमाडौं १६ मा रेजिना श्रेष्ठ १९०२ मत ल्याएर विजयी हुँदा ओखलढुंगाको मोलुङ ५ मा रास्वपाका विष्णु प्रसाद पोखरेलले १५१ मत ल्याएर जमानत जोगाएका छन् ।
यता तिलागुफा नगरपालिका ४ मा गगन बमले ५ मत ल्याएका छन् । ग्रामथान गाउँपालिकाको अध्यक्षमा उठेका नविनकुमार विश्वासले ३७५ मत ल्याउँदा लालीगुराँस नगरपालिका ८ मा सञ्जिव खड्काले ३८, सिरिजंगा गाउँपालिका ३मा देवीप्रसाद पौडेलले ७, त्रियुगा नगरपालिका १२ मा ध्रुब प्रसाद पोखरेलले २०२, गढी गाउँपालिका ६ मा शशि कुमार साहुले ३३, हेटौडा उपमहानगरपालिका १२ मा आशाविर बलले ८८, ककनी गाउँपालिका २ मा मंगल सिद्धी लामा तामाङले ८८, गोरखा नगरपालिका ५ मा मंगल बहादुर थापाले ८२, रुन्टीगडी गाउँपालिका ४ मा हिम बहादुर पुनले ७, मुसिकोट नगरपालिका १ मा विकास थापाले ४३, दुल्लु नगरपालिका १३ मा राम बहादुर शाहीले ५३, महाबु गाउँपालिकाको अध्यक्षमा प्रकाश कुमार बुढाले ११२, नलगाड नगरपालिकाको उपप्रमुखमा पार्बती पुनले १७९ तथा पूर्वचौकी गाउँपालिका ६ मा जानकी कुमारी खडका कुँवरले ३१ र भीमदत्त नगरपालिका वडा नम्बर ६ मा राम दत्त भट्टले २१८ मत ल्याउँदै आफ्नो जमानत जफत गराएका हुन् ।
निर्वाचन आयोगका अनुसार रास्वपाले उम्मेदवारी दिएका दोलखाको गौरिशंकर र हुम्लाको सार्केगाड गाउँपालिकाको उपाध्यक्षमा भने मत गणना हुनै बाँकी छ ।