काठमाडौं, १७ मंसिर । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि भएको निर्वाचनको मत गणना जारी छ । जारी मत गणनामा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढाले फराकिलो अग्रता बनाएकी छन् ।
बुढाले १८७८ मतका साथ अग्रता लिएकी छन् । कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले १०५८ मत पाएकी छन् ।
पुथा उत्तरगंगामा एमाले र कांग्रेसले गठबन्ध गरेका छन् भने माओवादी एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । सो क्षेत्र माओवादीको प्रभावक्षेत्र मानिन्छ ।
अघिल्लो निर्वाचनमा उपाध्यक्षमा विजयी माओवादीकी भुपेन्द्रा बुढाको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।