काठमाडौं, १७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको राहदानी दुरूपयोग मुद्दा हेर्न नभ्याइनेमा परेको छ । लामिछानेले दोहोरो राहदानी प्रयोग गरेको भनी युवराज पौडेल ‘सफल’ ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको थियो ।