काठमाडौं, १७ मंसिर । दोलखाको गौरिशंकर गाउँपालिकामा सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनको मत गणना जारी रहेको छ । गौरिशंकरको उपाध्यक्ष चयनका लागि हिजो निर्वाचन सम्पन्न भइको थियो । नेकपा (माओवादी केन्द्र) की उम्मेदवार निम लेकी शेर्पाले सुरुवाती अग्रता लिएकी छ ।
निमालेकीले हालसम्म १३८० मत पाएकी छन् । त्यस्तै, एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले १०१३ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी तामाङ भने ७९६ मतसहित तेस्रो स्थानमा छिन् ।