काठमाडौं, १७ मंसिर । निर्वाचन आयोगले उदयपुरको बेलका नगरपालिका-९ मा पुनः मत गणना गर्न निर्देशन दिएको छ । बेलकामा गत रातिदेखि नै मतगणना रोकिएको थियो ।
बेलका–९ मा दलहरुले मत बदर गराएको भन्दै विवाद सुरु भएको थियो । आज (सोमबार) विहान पटक–पटक सर्वदलीय बैठक बस्दा पनि सहमति जुट्न सकेको थिएन ।