Logo

चितवनले दियो पोखरालाई १६२ रनको चुनौतीपूर्ण लक्ष्य, बोपाराले हिर्काए अर्धशतक



काठमाडौं । नेपाल प्रिमियर लिगमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको विजयी लक्ष्य पेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरुमा ब्याटिङ गरेको चितवनले निर्धारि २० ओभरमा ७ विकेट गुमाएर १६१ रन जोड्यो । चितवनका लागि रवि बोपाराले अर्धशतक हिर्काए ।

३८ बलको सामना गरेका उनले समान ३ छक्का र चौका हिर्काए । त्यस्तै कप्तानसमेत रहेका मार्की खेलाडी कुशल मल्लले ३८ रन जोड्दा लुक बेनकेन्सटाइन १६, हसन एइसाखिल १४,अमरसिंह रौटेला १३ तथा सन्तोष कार्की र शरद भेषावकरले समान ११ रन जोडे ।

बलिङमा चितवनका विपीन खत्री, रेम रेइफर र बास डि लिडले दुईदुई तथा सागर ढकालले एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्