Logo

नेशनल प्याब्सन काठमाडौंद्वारा जिल्लाव्यापी खेलकुद सप्ताह आयोजना



काठमाडौं, १९ मंसिर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौंले जिल्लाव्यापी खेलकुद सप्ताह– २०८१ को आयोजना गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी खेलकुद सप्ताहको बारेमा जानकारी गराइएको हो ।

खेलकुद सप्ताहले विद्यार्थीहरुमा शारीरिक, मानसिक र समाजिक विकासलाई प्रवर्धन गर्दै संस्थागत विद्यालयहरुकाबीच आपसी एकता, सहकार्य, र मित्रताको भावना विकास हुने विश्वस्त लिइएको छ । सातौँ संस्करणअन्तर्गतको उक्त खेलकुल सप्ताह खेलकुद सप्ताह आगामी मंसिर २१ गतेदेखि सुरु हुनेछ ।

सप्ताहव्यापी खेलकुदमा विभिन्न विधामा १२० वटाभन्दा बढी विद्यालयले सहभागिता जनाउने बताइएको छ । सप्ताहव्यापी खेलकुदमा मुख्य गरी पाँचवटा विधामा प्रतिस्पर्धा गराइने, चारवटा विधा सदस्य विद्यालयहरुको सहभागितामा सशुल्क तथा एउटा विधा मार्चपास भने निःशुल्क सञ्चालन गरिने बताइएको छ ।

उद्घाटन समारोहको मार्चपासमा सदस्य विद्यालयहरुबाट २ हजार भन्दा बढी विद्यार्थीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरु सहभागी हुने बताइएको छ ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कार्यक्रमको उद्घाटन गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्