Logo

दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा



काठमाडौं, १९ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका उपत्यका प्रमुख विष्णुजंग बस्नेतले दुर्गा प्रसाईँलाई हिरासत मुक्त गरेर छानविन गरिनुपर्ने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले प्रसाईँलाई हिरासत मुक्त गरेर छानविन गरिनुपर्ने र केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीबाट मार्ग प्रशस्त गरेर छानविनको दायरामा आउन तयार हुनुपर्ने बताएका हुन् ।

‘एउटा सर्वसाधारण नागरिकले सूचना दियो भने उसलाई पुरस्कृत गर्ने कि दण्डित गर्ने ? सरकारले दुर्गा प्रसाईँलाई लगेर हिरासतमा राख्ने । दुर्गा प्रसाईँलाई हिरासत मुक्त गराएर उहाँलाई छानविनको दायरामा ल्याइयोस् ।’ उनले भने, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको दाइजो होईन यो देश । उहाँले पनि मार्ग प्रशस्त गरेर छानविनको दायरामा आउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भनी प्रसाईँले एक भिडियो सार्वजनिक गरेका थिए । फेक भिडियो बनाएर भ्रम फैलाइएको भन्दै प्रसाईँलाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।



प्रतिक्रिया दिनुहोस्