Logo

चीनको सहयोगमा नेपालमा बन्ने रेल परियोजनाले संसारलाई नै चकित पार्छः सूर्य थापा (भिडिओसहित)



काठमाडौं, २० मंसिर । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले क्रस हिमालय रेल सेवाको पूर्वाधार निर्माणले संसारलाई नै चकित पार्ने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाल र चीनलाई हिमालय वारपार गर्ने रेलको पूर्वाधार बनाउने कुराले संसारलाई नै चकित पार्ने बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गेम चन्जर सम्झौता गरेको बताए ।

‘चीनको रेल काठमाडौं ल्याउने गरी नै राष्ट्रपति सी जिङ्पिङको सन् २०१९ को नेपाल भ्रमणको बेलामा सैद्धान्तिक सहमति भएको हो । क्रस हिमालय रेल सेवाको पूर्वाधार निर्माण गर्नेबारेमा । अब नेपालमा रेल आउँछ । प्रोजेक्ट सुरु भएपछि वर्ष भनौंला । नेपाल र चीनलाई हिमालय वारपार गर्ने रेलको पूर्वाधार बनाउने कुरा संसारलाई नै चकित बनाउने परियोजना हो । अहिले जिलु–केरुङ–काठमाडौं रेल सेवा हेर्नुभयो नि,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्