काठमाडौं, २० मंसिर । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले सहकारी ठगीका फरार अभियुक्त गितेन्द्रबाबु राई चाँडै पक्राउ पर्ने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जिब राई अब पानीमुनि र आकाशमाथि गएपनि लुकेर बस्न नसक्ने बताएका हुन् ।
सहकारी ठगीसँग सम्बन्धित विषयलेमात्रै जिबी राईको राहदानी रद्ध गराउन नसकिने बताउँदै उनले अब संगठित अपराधमा उनीविरुद्ध मुद्दा अदालतमा अभियोजन भएपछि पक्राउ पर्ने बताए ।
‘सहकारी ठगीसँग सम्बन्धित विषयले मात्रै उनको राहदानी रद्द हुँदोरहेन छ । जब संगठित अपराधको मुद्दा अदालतमा जान्छ र अदालतले निर्णय गर्छ, जिबी राई पानीमुनि, आकाशमाथि जहाँसुकै गएपनि लुकेर बस्न सक्दैनन् । यो प्रक्रिया अगाडि बढ्न दिनुस् । साना तिना ठगीको केशमा पासपोर्ट रद्द नहुने रहेछ । अब यो केश अगाडि बढ्न दिनुस्,’– उनले भने ।