Logo

विद्युत प्राधिकरण नै खारेज गरिदिनुपर्छः एमाले सचिव महासेठ (भिडिओसहित)



काठमाडौं, २१ मंसिर । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले नेपाल विद्युत प्राधिकरणसहित सबै प्राधिकरण खारेज गरिनुपर्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्राधिकरणहरुले विभागीय मन्त्रीहरुको आदेशसमेत मान्न छाडेकाले त्यसलाई खारेज गरेर विभागको रुपमा राखिनुपर्ने बताएका हुन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङतर्फ लक्षित गर्दै उनले भने,‘प्राधिकरण सरकारले खारेज गर्दिनुपर्छ । प्राधिकरण चाहिँदैन । त्यो प्राधिकरण जो आफ्नै मन्त्रीको आदेश नमान्ने, सरकारको आदेश नमान्ने । संसारमा त्यस्तो प्राधिकरण हुन्छ ? मलाईँ सोध्नुहुन्छ भने विद्युत प्राधिकरणमात्रै होईन । जो–जो प्राधिकरण छ, विभागको रुपमा मन्त्रालयको मातहतमा राख्नुपर्छ । जुन प्रकारले अहिले क्रियाकलाप भइरहेको छ, यसलाई हटाएर विद्युत विभाग बनाइदिए भइगयो नि ।’

साथै, उर्जा, जल स्रोत तथा सिँचाइँमन्त्री दीपक खड्काले अध्यक्षको नाताले प्राधिकरणमा कार्यकक्ष बनाउँदा विवाद गर्नुपर्ने विषय नै नरहेको उनले बताए । ‘उर्जामन्त्रीले जे गर्नु भएको छ, त्यसमा केरो व्यक्तिगत समर्थन छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्