काठमाडौं, २१ मंसिर । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले कृष्ण गुरुङलाई पक्राउ गरेको छ । कतार जान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पोखरा स्थायी घर भएका गुरुङ सूर्यदर्शन सहकारीको सञ्चालक समिति सदस्य हुन् । उनीविरुद्ध पनि कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको बताइएको छ ।