काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजजंग पुगेर राष्ट्रपति रामचन्द्र पौडेलको स्वाथ्य अवस्थाबारे जानकारी लिएका छन् । त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेडको अप्रेस भएको थियो । अप्रेशनपछि पौडेल अस्पतालमा नै छन् ।
ओलीले राष्ट्रपति पौडेललाई भेटी स्वास्थ्य लाभको कामना गरेका छन् । साथै उनले चिकित्शकहरुसँग पनि राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।
‘टिचिङ हस्पिटल महाराजगञ्जमा उपचार गराइरहनु भएका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल र उहाँका परिवारजनलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छु। चिकित्सकहरुका अनुसार उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ। सम्माननीय राष्ट्रपतिज्यूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’– प्रधानमन्त्री ओलीले भनेका छन् ।