Logo

माओवादी नेता चौलागाईँको दाबी, ‘ओली–देउवाकै कारण बीआरआई कार्यान्वयन हुँदैन’



काठमाडौं, २२ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईँले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै कारण चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयन नहुने टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको प्राइम संवादमा पत्रकार कृष्ण मल्लसँग संवाद गर्दै उनले चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले सार्वजनिक रुपमा दिइरहेको प्रतिक्रियाले बीआरआई कार्यान्वयन हुनेमा आशंका पैदा गराएको बताएका हुन् ।

‘अहिले प्रधानमन्त्रीज्यू फर्किएर आएपछि प्रधानमन्त्रीज्यू, सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिज्यूहरुले जसरी सार्वजनिक रुपमा बोलेर हिँड्नुभएको छ, यो जरुरी कुरा हो जस्तो मलाई लाग्दैन । त्यसले कार्यान्वयन हुन्छ भन्ने कुरामा गम्भीर संशय पैदा गर्छ । कार्यान्वयन हुँदैन कि भन्ने देखिन्छ,’– नेता चौलागाईँले भने ।

साथै, यसभन्दा अगाडि पनि नेपालले बीआरआईअन्तर्गत छनोट गरेको परियोजनाहरु सन्तोषजनक नरहेको उनले बताए । टोखा–छहरे सुरुङमार्ग, प्रधानमन्त्री ओलीको गृह जिल्लामा भएका औद्योगिक ग्राम,मदन भण्डारी विश्वविद्यालयलगायतको परियोजनाहरु सन्तोषजनक अवस्थामा अगाडि नबढेको र चिनियाँहरुलाई विश्वासमा लिएर काम गर्न बाँकी नै रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्