Logo

नेपाल बारको ५०औं कार्यकारिणी परिषद्को बैठक पोखरामा जारी (तस्बिरहरू)



काठमाडौं, २४ मंसिर । नेपाल बार एसोसिएसनको ५०औं कार्यकारिणी परिषदको बैठक तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धि राष्ट्रिय गोष्ठी-२०८१ पोखरामा सुरू भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पानसमा बत्ति बालेर उद्घाटन गरेका छन् ।

सम्मेलनमा विभिन्न प्रतिवेदनमाथि छलफल र पारित हुनेछ । सम्मेलनमा देशभरका विभिन्न बार एकाइमा आवद्ध कानुन व्यबसायीको सहभागिता रहेको छ ।

बैठकमा बारले आगामि दिनमा अवलम्बन गर्ने नीतिका साथै समसामयिक विषयमा छलफल हुनेछ । बारले उठाउँदै आएको न्यायिक पुनर्संरचनाका साथै संविधान संशोधनका सवालमा समेत परिषद्मा घनिभूत छलफल हुने बताईएको छ । आजको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री पाण्डेलाई प्रमुख अतिथि बोलाइएको छ भने दोस्रो दिन (२५ गते) मानवअधिकार सम्बन्धी राष्ट्रिय गोष्ठीमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत प्रमुख अतिथि रहनेछन् । जसमा गोष्ठीपत्र प्रस्तुति र टिप्पणी गरिने छ ।



प्रतिक्रिया दिनुहोस्