Logo

बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षरपछि कांग्रेसले भन्यो: अनुदान मात्र स्वीकार्छौं, शर्तसहितको ऋण लिँदैनौ



काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले नेपल र चीनबीच भएको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ (बीआरआई) सम्झौता अन्तर्गतको सहमति अन्तर्गत परियोजनाहरु सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने निर्णय गरेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यासम्पादन समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणका क्रममा भएको बीआरआई सम्झौताबारे छलफल गर्दै सो सम्झौतामा एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकार िदिए ।

‘बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङ भनेर सहमति भयो भन्ने कुरा आएको छ’, डा। महतले भने, ‘ त्यसभित्र पनि अनुदान हुन्छ ।’उनले बीआरआई सहमति भएपनि पछि छुट्टाछुट्टै परियोजनामा पुन सहमति आवस्यक रहेको भन्दै त्यस्तो बेला गरिने सहमतिमा नेपालले ऋणबाट नभएर अनुदानका योजनामात्र स्वीकार गर्ने बताए ।

‘अहिले पनि हाम्रो भनाइ अनुदानमात्र लिने भन्ने हो । त्यो चीन सरकारको सवालमा मात्र होइन । आउने दिनमा पनि सरकार सरकारबाट प्राप्त हुने ऋणका अनेकौ सर्तहरु हुने भएकाले त्यस्ता शर्तसहति ऋण लिदा देशलाई फाइदा हुदैन भन्ने हाम्रो ठहर हो’, महतले भने, ‘हामी शर्तसहितको ऋण लिन सक्दैनौ ।’



प्रतिक्रिया दिनुहोस्