Logo

उपनिर्वाचनको नतिजाबाट कांग्रेस सन्तुष्ट



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले गत आइतबार भएको स्थानीय तहको उपनिर्वाचनको परिणाम सन्तोषजनक नै रहेको बताएको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा यसबारेमा सामान्य छलफल समेत भएको छ । बैठकपछि प्रवक्ता प्रकाशशरण महतले उपनिर्वाचनको नतिजापछि कुनैपनि दल उत्साहित वा निरुत्साहित हुन नपर्ने बताए ।

“हामी अहिले पनि ठूलो पार्टीका रूपमा स्थापित भएका छौँ । महत्त्वपूर्ण ठाउँहरूमा हामीले जितेका छौँ । र, यो परिणामलाई हामीले सन्तोषजनक ठानेका छौँ,” महतले बैठकपछि सञ्चारकर्मीसित भने ।

स्थानीय तहका ४१ पदमा गत आइतबार उपनिर्वाचन भएको थियो । जसमा नेपाली कांग्रेसले ०७९ सालको निर्वाचनमा जितेका २ गाउँपालिका अध्यक्ष, २ उपाध्यक्ष,एक उपमेयर र तीन वडाध्यक्ष गुमाएको थियो । उपनिर्वाचनले कांग्रेस कमजोर भएको देखिएको टिप्पणीका बीच महतले परिणाम सन्तोषजनक रहेको बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्