काठमाडौं । नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान रास्वपा मूख्यालय वनस्थली पुगेर उनले भेटवार्ता गरेका हुन् ।
वनस्थलीमा भएको उक्त भेटमा द्विपक्षीय सम्बन्ध तथा आपसी सरोकारका विषयमा छलफल भएको रास्वपाले जनाएको छ। सो अवसरमा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनालको पनि सहभागिता रहेको रास्वपाले जनाएको छ ।
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा ५२ दिनदेखि प्रहरीको हिरासतमा छन् । सभापति नहुँदा रास्वपाले कार्यवाहकको जिम्मेवारी कसैलाई पनि दिएको छैन् । उपसभापतिद्धय डीपीअर्याल र स्वर्णिम वाग्लेबीच कार्यवाहकमा कुरा नमिलेपछि रविले सो जिम्मेवारी कसैलाई पनि दिएका छैनन् । यद्यपि अप्रत्यक्षरुपमा भने अर्यालले नै रविको अनुपस्थितिमा निर्णयहरु गने गरेका छन् ।