Logo

प्यालिस्टीनीमाथि इजरायली नरसंहारविरूद्व देशब्यापी हस्ताक्षर अभियान उद्घाटनमा पुगे प्रचण्ड (तस्बिरहरु)



काठमाडौं । प्यालिस्टीनी नागरिकमाथि इजरायलले गरेको नरसंहार रोक्न माग गर्दै काठमाडौंमा हस्ताक्षर अभियान सुरु गरिएको छ । सोमबार रत्नपार्कस्थित शान्तिबाटिकामा हस्ताक्षर गरेर सो अभियान सुरु गरिएको हो । अभियान एक महिनासम्म चल्नेछ ।

हस्ताक्षर अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई लगायत सहभागी भएका छन् । नेताहरू उपेन्द्र यादव लगायतको समर्थन रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्