काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य आर्थिकसल्लाहकार विष्णु रिमाल तथा आर्थिक सल्लाहकार युवराज खतिवडाबीच भेटवार्ता भएको छ।
दक्षिण र मध्य एसिया मामिला विभाग हेर्ने अमेरिकी सहायक मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारद्धय रिमाल र खतिवडाबीच सोमबार भेटवार्ता भएको हो।
अमेरिकी सहायक विदेशमन्त्री लुसँग सौहार्दपूर्ण शिष्टाचार भेटघाट सम्पन्न भएको रिमालले बताएका छन्। भेटवार्तामा आपसी चासोका मुख्य विषयवस्तुमा छलफल भएको उनको भनाइ छ।