Logo

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो



काठमाडौं, २६ मंसिर । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ । उनलाई पर्सामा बयानपछि काठमाडौं ल्याइएको थियो । बुधबारै पर्साबाट काठमाडौं ल्याएर उनलाई विमानमा पोखरा लगिएको हो । काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत उनलाई पोखरा लगिएको हो ।

लामिछाने गत २ कात्तिकमा पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो । सुरुमा उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीमा ठगी गरेकोमा उजुरी परेकाले पोखरा लगिएको हो ।

त्यसपछि रुपन्देही, चितवन र पर्सामा पनि उनीविरुद्ध उजुरी परेपछि ती जिल्लाहरूमा पनि उनको बयान भएको छ । लामिछानेविरुद्ध अमानवीय व्यवहार भएको भनी विभिन्न फोरमहरुमा आवाज उठिरहेको बेलामा आजै तीन जिल्ला घुमाइएको छ । पोखराको पृथ्वीचोकमा लामिछानेको समर्थनमा स्वतन्त्र युवाको नाममा जम्मा भएको समूहले प्रदर्शन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्