काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले दोस्रो जित निकालेको छ । आज भएको खेलमा लुम्बिनी लायन्सलाई पाखा लगाउँदै गुर्खाजले २ अंक थपेको हो ।
काठमाडौंले दिएको १०४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी १९।२ ओभरमा ८५ रनमा अलआउट भएपछि १८ रनले पराजय ब्यहोरेको हो । यो हारसँगै लुम्बिनी उपाधि होडबाट बाहिरिएको छ भने काठमाडौंको सम्भावना अझै जिवीतै छ ।
लुम्बिनीका लागि सन्दीप जोराले २६ तथा उन्मुक्त चन्दले १४ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा करण केसीले चार तथा दिपेश कँडेलले तीन विकेट लिए । जेरार्ड एरास्मसले २ विकेट लिँदा रासिद खानको नाममा एक विकेट रह्यो ।