Logo

स्थितरता र सुशासनका लागि दुई ठूला दल मिलेका हौं, देश अगाडि हिँड्न थालिसक्योः प्रधानमन्त्री ओली



काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार बनाएको बताएका छन् । आज (बुधबार) तेह्रथुमको आठराई–४ स्थित प्रणामी माध्यमिक विद्यालयको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशको अप्ठ्यारो परिस्थिति बुझेर नै कांग्रेस–एमाले मिलेको बताएका हुन् ।

साथै, आफू प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थालिसकेको ओलीको दाबी छ । उनले अघिल्लो कार्यकालमा आफू प्रधानमन्त्रीबाट हट्नासाथ देश अप्ठ्ण्यारो स्थितिमा पुगेको बताए । ‘देशको अप्ठेरो बुझेर कांग्रेस र एमाले मिलेर सरकार बनाएका हौं, स्थितरता र सुशासन दिन मिलेका छौं,’– प्रधानमन्त्री ओलीले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्