काठमाडौं, २६ मंसिर । प्रभु स्टिल्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । प्रभु स्टिल्स एण्ड हाईड्रो इन्भेष्टमेण्टले बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
सो कम्पनीले अंकित मुल्य ५० रुपैयाँ दरमा १ करोड ९६ लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेको छ ।